Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Sunday, August 17, 2008

कबिता


ध्रुब थापा

यो कस्तो प्रेम गरे निष्ठुरीलाई?
यो कस्तो माया दिएँ निर्मोहीलाई?
चाहना नै तिमी बनेउ
जिन्दगीनै उडाई छाडेऊ
अबिश्वासको खाल्डो माथि
कति दिन हिंड्न सक्छेउ
पत्थरको मुटु बनाएर
भनेकै छु पपलपाते तिमीलाई
जिन्दगीको यात्रा गर्दै गर्दा
तिमी हाँस्दा पो म खुशी हुन्छु
रोएर मलाई दुखी नवनाऊ
म रुँदा तिम्रो चित्त बुझ्छ भने
एक पल त के? एक जन्मको को कुरा?
सयौं जन्म सम्म पनि
रुन तयार छु म
तिम्रो खुशीको लागि
थकनको सुस्केरा फेर्न नपाउँदै
अनगिन्ती पिंडाहरु सलबलाउन थाल्छन
कोमल शरिर भित्र पनि
पानी नपुगेको घट्ट जस्तै
फलाम तिम्रो हृदय
फनफन्ती घुम्न खोज्दो रहेछ
कहिले घुमेको आभाषमा
कही अडेर मलाई चिहाए हेरे झैं
छेपारो ले रङ फेरे झैं
बदलिंदो रहेछ बिश्वासको धरातल
यो कलेजा भित्र मुटु बिच
तिमी बसेकी छेउ यो मन भित्र
म तिमी भित्र हराउन नसके पनि
यो कस्तो प्रेम गरें निष्ठुरिलाई
यो कस्तो माया दिए निर्मोहीलाई
चाहना नै तिमी बनेऊ
जिन्दगीनै उडाई छाडेऊ ।
खै कि त पूर्व जन्मको पापले होला
या त यो जन्मदाको साईतले होला
सताउछ घरि घरि त्यही तिम्रो कोमल बधनले
छेपारोको अभिनय युक्त बोलिहरुले तडपाई दिन्छ
रेशमि प्रकृतिको कपाल प्रिय
मलाई मन परेको गगनपाते ओंठ
ठुला ठुला चौडा छाती
त्यही छाति भित्र लुक्न देऊ
जुनि जुनि सम्म ।
भनेकै छे जाली मायालु तिमीलाई
अति सानो नवनाउ चित्त
छोटो यात्रा लामो जीवन
तिमी म र म तिमी भै जीवन साट्ने धोको छ मेरो
मैले तिमीलाई बुझेको छु
तर मलाई पो तिमीले बुझ्न कोशीस् गरिनौ
सिर्फ एक पटक पनि
जिन्दगीको एक पल
खुशी र उमङ्ग दिइनौ
म जले बरु तिम्रो रापले
यो कस्तो प्रेम गरे निष्ठुरीलाई
यो कस्तो माया दिए निर्मोही लाई
चाहना नै तिमी बनेऊ
जिन्दगीनै उडाई छाडेऊ ।