शिर्षक: ऐना मेरो रुन्छ
रुप राम्रो अरुको नै, ऐना आफ्नो सधैं रुन्छ
चिन्या छैन कसैलाई, आँखा कुन्नि कसलाई कुर्छ
सुनाखरी सुन त हैन, तर पनि बयान हुन्छ
माया लाउन नजाने नि मनभरि रहर बढ्छ
बैंश सायद फुल्यो होला, रहर सधैं बढ्ने गर्छ
चिन्या छैन कसैलाई, आँखा कुन्नि कसलाई कुर्छ।
रमाईलो संसारको, दिन पनि छुट्टै भाग्छ
आफ्नो भन्दा पनि किन पराईकै पीर जाग्छ
छुनै पनि नपर्ने भो, बोल्दै मिठो मात सर्छ
चिन्या छैन कसैलाई, आँखा कुन्नि कसलाई कुर्छ।
गितकार : नवीन दाहाल
हाल : रेडियो नेपाल
Showing posts with label गित. Show all posts
Showing posts with label गित. Show all posts
Sunday, March 22, 2009
Thursday, January 22, 2009
गित
जुनिभरि अल्झिरहने..........!
टीका चाम्लिङ
खोटाङ, हाल काठमाडौं
जुनि भरि अल्झिरहने खोट रहेछ माया
घरि घरि बल्झी रहने चोट रहेछ माया
बिर्सु भन्छु मुटुभरि काँडा बिझेकै छ
सम्झिरहुँ आँशु झरि मन रुझेकै छ
धुँदा पनि नजाने यो दोष रैछ माया
घरि घरि बल्झी रहने चोट रैछ माया
बैगुनीलाई हाँसो भयो मेरो माया आँशु
कति दिन पो बाँचुला र भाई आधामासु
सबले भन्थे पासो बन्छ, हो त रैछ माया
घरि घरि बल्झी रहने चोट रैछ माया
टीका चाम्लिङ
खोटाङ, हाल काठमाडौं
जुनि भरि अल्झिरहने खोट रहेछ माया
घरि घरि बल्झी रहने चोट रहेछ माया
बिर्सु भन्छु मुटुभरि काँडा बिझेकै छ
सम्झिरहुँ आँशु झरि मन रुझेकै छ
धुँदा पनि नजाने यो दोष रैछ माया
घरि घरि बल्झी रहने चोट रैछ माया
बैगुनीलाई हाँसो भयो मेरो माया आँशु
कति दिन पो बाँचुला र भाई आधामासु
सबले भन्थे पासो बन्छ, हो त रैछ माया
घरि घरि बल्झी रहने चोट रैछ माया
Thursday, December 11, 2008
गित
"गित"
साङमेन यावा
होम्ताङ-१, भोजपुर
देउरालीमा नपर्ख है छैन शितल चौतारी
साँची राखे मनमा माया छुट्ने छैन दौतरी
लेकबेंशी गर्दागर्दै यो जोबन ढल्किएर जाला
टाढा टाढा रहे पनि सम्झना त आईरहला
माया खोज्दै नहिंड है जताततै भौतारिई
साँची राखे मनमा माया छुट्ने छैन दौतरी
घाँस दाउरा मेलापात सँगसँगै गरौला
दुई मुटु साँची राखी मिलनको कसम खाउँला
फूलपाती नटिप है भावनालाई अवतारी

Thursday, September 4, 2008
गित
बि जे बान्तवा राई / भोजपुर
मैले रुँदा खोला बन्छ, तिम्ले रुँदा मुस्कान
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान
हिमगिरिझै तिम्रो मन मैं सोच्थें नि अरुण
बग्दै जाँदा धेरै भेटे तिम्रै तिम्रो दोभान
कतिलाईपो माया बाँड्छ्यौ कुल्ची कुल्ची यो मन
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान ।
बिधुवाको शिउँदो जस्तै उजाड पार्यौ यो मन
कहाँ गई बिसाउँ मैले जलिरहेको यो तन
तिम्रै नाम मा मेटिएर गयो मेरो जीवन
कहिले देखि खोल्यौ भन माया बच्ने दोकान ।।

Tuesday, August 19, 2008
गित
गित
बि. जे. बान्तवा राई / भोजपुर
खडेरीले राज गर्योकी मेरो पानी पधेंरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा
मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियोकी
दु:ख्, पिंडा, आँशुको भेलले आमालाई रेट्योकी
सम्झिदै होलिन छोरालाई बसी एक्लै मझेरिमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा
सोध्दै होलान साथीसंगी कहिले आउँछ भनि
चाड पर्बले घोच्यो होला आमालाई तिर बनी
घाँस् दाउरा गर्दै होलिन उनि एक्लै सल्लेरिमा

Subscribe to:
Comments (Atom)