Thursday, September 4, 2008

गित

बि जे बान्तवा राई / भोजपुर

मैले रुँदा खोला बन्छ, तिम्ले रुँदा मुस्कान
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान

हिमगिरिझै तिम्रो मन मैं सोच्थें नि अरुण
बग्दै जाँदा धेरै भेटे तिम्रै तिम्रो दोभान
कतिलाईपो माया बाँड्छ्यौ कुल्ची कुल्ची यो मन
कहिले देखि खोल्यौ भन माया बेच्ने दोकान ।

बिधुवाको शिउँदो जस्तै उजाड पार्‍यौ यो मन
कहाँ गई बिसाउँ मैले जलिरहेको यो तन
तिम्रै नाम मा मेटिएर गयो मेरो जीवन
कहिले देखि खोल्यौ भन माया बच्ने दोकान ।।

7 comments:

कैलाश said...

साथी बिजेको गीत लेखनको निरन्तरताको कामना छ। अनि कविताराजको यो साईटको शुरुआतमै छिरेको थिए। आज दोस्रो पल्ट छिर्दैछु। धेरै प्रगति भएछ। बधाई छ। अनि अझ राम्रो गर्दै जानुहोला। तपाईको गीत पनि म एकदिन समय मिलाएर नसुनी छाड्दिन।

साहित्यसंगम said...

Thank you, kailash jee git man paraaera coment garnu bhayeko maa ra aagami din harumaa ali dherai nai koshis garnu parlaa ki kaso ho, tara aafno git herera afailaai jhoor lagchha hahahahaha,

कबिराज said...

Thank you kailash, for your Coment and Time, Ma Kabi Raj tapaile le Kabita raaj lekhnu bhaye chha first time ma nai confuse ni hahaha mero name dekhera anyway,
AAUDAI GARE BHETINCHHA RE NI FERI PANI KABIKO CHAUTARI MAA AAUNA NABHULLNU HOLA . THANK YOU.

Anonymous said...

शुभकामना
सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना
शुभकामना
सुख, समृध्दि र प्रगतिको शुभकामना

दशैँले दशा कटोस् भन्ने
दशैँको शुभकामना
दीपावलीले अँध्यारो हटोस् भन्ने
तिहारको शुभकामना
नयाँ वर्षले नयाँ नेपाल बनाओस् भन्ने
नयाँ वर्ष (New Year) को शुभकामना

भोका पेटले खाना पाओस्
नांगा आङले नाना पाओस्
बासविहिन नहोस् कोही
सबले ओत लाग्ने छाना पाओस्
हार्दिक शुभकामना
मंगलमय शुभकामना

Anonymous said...

प्रेमकै गीत लेखिन्छ किन
माया मात्र जीवन हैन
आँखा खोली हेर साथी
बाहिर अर्को संसार छैन ?

जीवन मुकारुङ said...

कबिराज जि.... तपाईंको ब्लग भित्र का सबै गीत हरु सुने अती सुन्दर छन, युबा पुषता लाई पुर्बेली लोक गीत सुनाउने जिम्मा तपाईं को काँध मा आए जस्तो लागेउ सफलताको शुभकामना .......

Anonymous said...

Dearest Esteems,

We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator