Showing posts with label पत्र. Show all posts
Showing posts with label पत्र. Show all posts

Monday, August 18, 2008

अन्तिम पत्र

( बान्तवा / भोजपुर)

प्रिय सिम्मा,
यो दुखिको अन्तर हृदय बाट असिम माया एवम युगौं युगको अमर सम्झना ।
सिम्मा आज म बिबश छु, र बिबशताको संघारमा उभिएर तिमीसँग म यो छोटो भलाकुसारी गर्दैछु, शायद यो मेरो अन्तिम निर्णय हुन सक्छ । सिम्मा म हिंड्दा हिड्दै आज धेरै टाढा पुगेछु, त्यो दुरीबाट अब म फर्किन सक्दिन । जुन ठाउँमा पुगेको छु, त्यहाँ बाट मृत्युको दरबार सजिलै नियाली रहेछु, ताकी अब म कहिल्यै फर्केर तिमी सामु आउन म सक्दिन । तिमीलाई आफ्नो बनाई सजाउने सपनाहरुमा आज कालो रात भै सजिएको छ । तिमीलाई चुम्ने ओंठहरु आज पानी बिनाको गमलाको फूल ओइलाए झैं ओइलाई सकेको छ । म सपनाको धरातलमा सुन्दर महल बनाई रहेको मौका पारी मेरै सपनाको महल जलाउने बिशाल चट्ट्याङ परेको छ ।

मैले हिंड्ने गोरेटोमा धाँजो फाटेको छ । त्यसैले म तिम्रो सुन्दर फूल जस्तो जीवनमा दुखै दुखको भुमरी ल्याउन चाहन्न, त्यसैले मलाई माफ गरिदेउ तिम्रो सफल यात्राको सहयात्री बन्न सकिन, मेरो गल्तिहरुलाई माफ गर्न योग्य त छैनन होला तरै पनि कोशीस गर्नु ल । आँशुको सागरमा डुब्दा डुब्दै आज म निस्सासिएको छु । म अब तिम्रो स्वर्णिम कल्पनाहरुको राजकुमार बन्न सक्दिन । तिमीले देखेका सपनाहरुको महल ठडाउन सकिन मैले, तिम्रो जीवनमा एक पलक पनि खुशीको बहार ल्याउन सकिन, तिमीले मेरो दुख संग बाँडेका आंशुहरुको मुल्य यो जन्ममा सकिन अर्को जन्ममा तिम्रो दाषी भएर जन्मिने छु ।

सिम्मा मलाई थाहा छ, तिमी जहिले पनि मेरो जिन्दगीमा सागर बनेर नै रह्यौ, तर म कहिले तिमी सामु सागर बनेर आउन सकिन जहिले पनि तिम्रै सामु केवल एउटा फोका भएर तैरी रहें, तिमीले सयौं बशन्त पर्खिने कसम हरु खायौ म एक पलमा खरानी भएँ, तिमीले बिशाल पहाड भएर अँगाल्न खोज्यौ म केवल धुलो भएर उडी गएँ, अब उप्रान्त कहिले मलाई सम्झेर मेरो निम्ती नतडपिनु, मेरो सबै कमजोरी भित्र गुम्सिएका बिबश्ता सम्झी दिनु ।

सिम्मा तिमी महान छौ, तिमी मायालु छौ, तिमी सम्पूर्ण कुराहरु बुझ्छौ, दुख-सुख अनि सबै, मेरो जिन्दगीमा आएर केवल दुख नै दुखको भेलमा तिमीलाई डुबाउन चाहन्न । साँचो माया गर्ने ले कसैको पनि दुख देख्न सक्दैनन्, त्यो मलाई थाहा छ । त्यसैले तिम्रो हराभरा कलकलाउदो जिन्दगीमा म खोक्रो कंकाल मिसिएर तिमीलाई जिन्दगी भर दुखको धारिलो तरवारले रेटिएको जिन्दगी ब्यतित गरेको देख्न म सक्दिन म तिम्रो भलाई चाहन्छु । तिमी सधैं हिमगिरिको लालिगुराँस् झैं फुली रहनु । म तिम्रो हरियाली जिन्दगी हेर्न चाहन्छु । अन्त्यमा म बाट धेरै गल्तिहरु भएका छन्, ति गल्ती हरु लाई एउटा भुल सम्झी बिर्सि दिनु । म मेरो जिन्दगी केवल मृत्युलाई सुम्पेर स्वतन्त्र बन्न चाहन्छु । सिम्मा तिमीले दिएका मायाहरु हृदय भरि कोरेर ति तिम्रा मायाका गुणहरु अर्को जन्ममा तिर्ने कसम खाई तिमी बाट टाढा जाँदैछु ।

यो जुनिमा तिम्रो हुन नसकेको तिम्रै अभागी................... ठुले!!!!

सिम्मा तिमी हिमगिरी झै अटल रहनु,
सागर जस्तै निश्छल रहनु
यो जन्म मा तिम्रो बन्न सकिन
अर्को जन्म तिमी मेरै रहनु............................!

Saturday, August 9, 2008

प्रेम पत्र .........!


....................................... प्रेम पत्र ..............................

आँशुमा डुबेको छ जीवन

निर्दयीको माया किन मुटु भरि साँचेछु ।
च्यातिएको फूलहरुको कस्तो माला गाँसेछु ।

सुनेको थिएँ, प्रत्येक आँशुले पिडा दिन्छ भनेर तर आज म आँफै सँग त्यस्तै पिंडैपिंडाले भरिएको आँशु छ ।यी आँशुहरुले मेरो छातीमा चोटै चोट बनाएका छन । प्रत्येक नशाहरुमा ति आँशुहरु खिला बनेर बसेका छन । मेरो छातीमा कसैले नदेख्ने चोट छ अनि उनकै हाँसोले छोडेका खाटाहरु छन । कहिल्यै नमेटिने गरी बसेका आँशुका टाटाहरु छन । आज फेरी नचाहँदा नचाहँदै बिबश्ताको हुरिले अतितका पानाहरु पल्टाईदिन्छ । जहाँ हामी दुई सँगसँगै हिंडेका डोबहरु फेला पार्छु। अनि यथार्थ धरातलबाट बिलिन हुन पुग्छु । अतितका गाढा तस्वीरहरु आँखा वरिपरी घुमिरहन्छन । प्रतिक्षा गर एकदिन तिम्रै छायाँ बनेर आउनेछु जस्ता उनको आश्वासनले भरिएका वाक्यहरुले आज पनि चोटैचोटले बिक्षिप्त भएको हृदयलाई ढक्ढक्याउन पुग्छु । आँखा वरिपरी कालो बादल् छाउँछ। बिगतका तिता मिठा पलहरु एकपछि अर्को गरि दुखित मानसपटलमा नाचिरहन्छन। आँखाबाट सपनाहरु छचल्केर बग्न थाल्छन। सपनाको महल झल्कन पुग्छ अनि मुटुभरि बेदनाको आगो सल्किदिन्छ। कल्पनामा भुल्दाभुल्दै उज्यालोलाई ढाकेर आँध्यारो रात पर्छ। त्यहि रातमा कसैको सुमधुर स्वर सुन्छु फेरि झस्किन्छ यो मन अनि त्यो स्वर उनकै जस्तो लाग्छ। उनकै सम्झनामा दुखेका मन मष्तिस्क अनि घाँईते मुटु लिएर दिन-रात काट्न बिवश छु। मनमा यस्तै धेरै कुराहरु खेल्न थाल्छ, आफैले आफैलाई सम्हाल्ने प्रयाश गर्छु र उनि प्रतिको अटुट माया मेरा मुटुबाट अलग गर्न सक्दिन।

समय र परिस्थितिले जता जता डोर्‍याउँछ त्यतै त्यतै जाँदोरहेछ मानिसको जिन्दगी। त्यस्कै परिणामस्वरुप आज प्रतिक्षाको फल उनले पनि दिईन र मैले पनि पाएँ।कुनै दिन सोंच्ने गर्थे जिबनमा दुई मुट्ठी सास रहुन्जेल सम्म फूलको र बासनाको जस्तो सम्बन्ध रहिरहोस् तर मदहोस् भएर कल्पनाको उडानलाई निरन्तरता दिनु नै मेरो गल्ती भएछ । जीवनको त्यो मोडमा उनि बसन्तको बहार लिई भित्रीएकी थिईन । जीवनलाई धिपधिपेबाट जोगाई राख्नको लागि अलिकति तेल थपेको थिईन । जनम जनम नटुङ्गिने यात्रामा सँगै जिउने, सँगै मर्ने अनि सधैंभरि एक-अर्काको आँगालोमा बाँधिरहने कसम खाएका थियौं । तर बाचा कसम र खुशी का क्षणहरु पलभरको लागि मात्र भए । निस्चल र चोखो भनेको माया बिछोडमा टुक्रीन पुग्यो । आज म यो पागल मन अनि उनको सिन्दुरले लत्याएर गएको घाईते जीवन त्यहीं पनि उनकै सम्झनामा बाँचिरहेछु । बिगतमा उनिसँगको मिलनलाई सम्झेर उनकै यादमा सम्झनाको दियो जलाई बस्थें । खुशीका मालाहरु उन्ने गर्थें तर आज कसरी त्यो दियो लाई निभाउँ अनि मालालाई चुडाउँ ? तपाईंको जीवनमा खुशी मात्र ल्याउँछु भन्ने उनि आज मैले उनैले दिएको आँशुको उपहारहरुमा हाँसी हाँसी डुब्दैछु ।

गल्ती त मेरो नै थियो । किनकी यो स्वार्थी संसारमा मैले उनलाई निस्वार्थ रुपमा माया गर्न खोजेँ अनि उनलाई चाँडैनै बिश्वास गर्न पुँगे । आज उनै सँग बिछोडिएको दिनहरु पनि बर्षाउ बितिसके तर म भने आजसम्म पनि उनकै यादमा जिन्दगी काटीरहेछु । पागलसरी दोबाटोमा भौतारिदैं हिँडिरहेको छु । आजकाल यस्तो लाग्छ जीवनमा जे सोचिन्छ जुन कल्पना गरिन्छ त्यो बास्तबिक धरातल भन्दा धेरै टाढा हुदोरहेछ । जुन इच्छा गरिन्छ, त्यो जीवनमा पाउन नसकिंदो रहेछ । शायद अहिले आएर जीवनको परिभाषा नै यस्तै यस्तै लाग्छ । जीवनको एउटा सहारा उनीलाई यहाँ टाईप गर्नुहोस् ।नै ठानेको थिएँ तर उनी पनि आज म बाट धेरै टाढा गईन । अहिले आएर बाहिरिरुपमा देखावटी हाँसो हाँसेर भए पनि बेदनाले भरिएको आत्मा लिएर जिउँदो लाश सरी मरेतुल्य जीवन घिसारीरहेको छु, केवल कालको निम्तोलाई पर्खेर ।

नदी किनारको चट्टान झैं
सधैं भरि खिएर बसें
उनकै यादमा लामो जिन्दगी
धेरै चोटि पिएर बसें
थाहा छैन मलाई कति पटक
यो कोमला मुटुलाई सिएर बसें

“अतिथी” संगम थापा मगर
फिनाम-२ गोर्खा