प्रिय सिम्मा,
यो दुखिको अन्तर हृदय बाट असिम माया एवम युगौं युगको अमर सम्झना ।
सिम्मा आज म बिबश छु, र बिबशताको संघारमा उभिएर तिमीसँग म यो छोटो भलाकुसारी गर्दैछु, शायद यो मेरो अन्तिम निर्णय हुन सक्छ । सिम्मा म हिंड्दा हिड्दै आज धेरै टाढा पुगेछु, त्यो दुरीबाट अब म फर्किन सक्दिन । जुन ठाउँमा पुगेको छु, त्यहाँ बाट मृत्युको दरबार सजिलै नियाली रहेछु, ताकी अब म कहिल्यै फर्केर तिमी सामु आउन म सक्दिन । तिमीलाई आफ्नो बनाई सजाउने सपनाहरुमा आज कालो रात भै सजिएको छ । तिमीलाई चुम्ने ओंठहरु आज पानी बिनाको गमलाको फूल ओइलाए झैं ओइलाई सकेको छ । म सपनाको धरातलमा सुन्दर महल बनाई रहेको मौका पारी मेरै सपनाको महल जलाउने बिशाल चट्ट्याङ परेको छ ।
मैले हिंड्ने गोरेटोमा धाँजो फाटेको छ । त्यसैले म तिम्रो सुन्दर फूल जस्तो जीवनमा दुखै दुखको भुमरी ल्याउन चाहन्न, त्यसैले मलाई माफ गरिदेउ तिम्रो सफल यात्राको सहयात्री बन्न सकिन, मेरो गल्तिहरुलाई माफ गर्न योग्य त छैनन होला तरै पनि कोशीस गर्नु ल । आँशुको सागरमा डुब्दा डुब्दै आज म निस्सासिएको छु । म अब तिम्रो स्वर्णिम कल्पनाहरुको राजकुमार बन्न सक्दिन । तिमीले देखेका सपनाहरुको महल ठडाउन सकिन मैले, तिम्रो जीवनमा एक पलक पनि खुशीको बहार ल्याउन सकिन, तिमीले मेरो दुख संग बाँडेका आंशुहरुको मुल्य यो जन्ममा सकिन अर्को जन्ममा तिम्रो दाषी भएर जन्मिने छु ।
सिम्मा मलाई थाहा छ, तिमी जहिले पनि मेरो जिन्दगीमा सागर बनेर नै रह्यौ, तर म कहिले तिमी सामु सागर बनेर आउन सकिन जहिले पनि तिम्रै सामु केवल एउटा फोका भएर तैरी रहें, तिमीले सयौं बशन्त पर्खिने कसम हरु खायौ म एक पलमा खरानी भएँ, तिमीले बिशाल पहाड भएर अँगाल्न खोज्यौ म केवल धुलो भएर उडी गएँ, अब उप्रान्त कहिले मलाई सम्झेर मेरो निम्ती नतडपिनु, मेरो सबै कमजोरी भित्र गुम्सिएका बिबश्ता सम्झी दिनु ।

सिम्मा तिमी महान छौ, तिमी मायालु छौ, तिमी सम्पूर्ण कुराहरु बुझ्छौ, दुख-सुख अनि सबै, मेरो जिन्दगीमा आएर केवल दुख नै दुखको भेलमा तिमीलाई डुबाउन चाहन्न । साँचो माया गर्ने ले कसैको पनि दुख देख्न सक्दैनन्, त्यो मलाई थाहा छ । त्यसैले तिम्रो हराभरा कलकलाउदो जिन्दगीमा म खोक्रो कंकाल मिसिएर तिमीलाई जिन्दगी भर दुखको धारिलो तरवारले रेटिएको जिन्दगी ब्यतित गरेको देख्न म सक्दिन म तिम्रो भलाई चाहन्छु । तिमी सधैं हिमगिरिको लालिगुराँस् झैं फुली रहनु । म तिम्रो हरियाली जिन्दगी हेर्न चाहन्छु । अन्त्यमा म बाट धेरै गल्तिहरु भएका छन्, ति गल्ती हरु लाई एउटा भुल सम्झी बिर्सि दिनु । म मेरो जिन्दगी केवल मृत्युलाई सुम्पेर स्वतन्त्र बन्न चाहन्छु । सिम्मा तिमीले दिएका मायाहरु हृदय भरि कोरेर ति तिम्रा मायाका गुणहरु अर्को जन्ममा तिर्ने कसम खाई तिमी बाट टाढा जाँदैछु ।
यो जुनिमा तिम्रो हुन नसकेको तिम्रै अभागी................... ठुले!!!!
सिम्मा तिमी हिमगिरी झै अटल रहनु,
सागर जस्तै निश्छल रहनु
यो जन्म मा तिम्रो बन्न सकिन
अर्को जन्म तिमी मेरै रहनु............................!