Saturday, August 9, 2008

प्रेम पत्र .........!


....................................... प्रेम पत्र ..............................

आँशुमा डुबेको छ जीवन

निर्दयीको माया किन मुटु भरि साँचेछु ।
च्यातिएको फूलहरुको कस्तो माला गाँसेछु ।

सुनेको थिएँ, प्रत्येक आँशुले पिडा दिन्छ भनेर तर आज म आँफै सँग त्यस्तै पिंडैपिंडाले भरिएको आँशु छ ।यी आँशुहरुले मेरो छातीमा चोटै चोट बनाएका छन । प्रत्येक नशाहरुमा ति आँशुहरु खिला बनेर बसेका छन । मेरो छातीमा कसैले नदेख्ने चोट छ अनि उनकै हाँसोले छोडेका खाटाहरु छन । कहिल्यै नमेटिने गरी बसेका आँशुका टाटाहरु छन । आज फेरी नचाहँदा नचाहँदै बिबश्ताको हुरिले अतितका पानाहरु पल्टाईदिन्छ । जहाँ हामी दुई सँगसँगै हिंडेका डोबहरु फेला पार्छु। अनि यथार्थ धरातलबाट बिलिन हुन पुग्छु । अतितका गाढा तस्वीरहरु आँखा वरिपरी घुमिरहन्छन । प्रतिक्षा गर एकदिन तिम्रै छायाँ बनेर आउनेछु जस्ता उनको आश्वासनले भरिएका वाक्यहरुले आज पनि चोटैचोटले बिक्षिप्त भएको हृदयलाई ढक्ढक्याउन पुग्छु । आँखा वरिपरी कालो बादल् छाउँछ। बिगतका तिता मिठा पलहरु एकपछि अर्को गरि दुखित मानसपटलमा नाचिरहन्छन। आँखाबाट सपनाहरु छचल्केर बग्न थाल्छन। सपनाको महल झल्कन पुग्छ अनि मुटुभरि बेदनाको आगो सल्किदिन्छ। कल्पनामा भुल्दाभुल्दै उज्यालोलाई ढाकेर आँध्यारो रात पर्छ। त्यहि रातमा कसैको सुमधुर स्वर सुन्छु फेरि झस्किन्छ यो मन अनि त्यो स्वर उनकै जस्तो लाग्छ। उनकै सम्झनामा दुखेका मन मष्तिस्क अनि घाँईते मुटु लिएर दिन-रात काट्न बिवश छु। मनमा यस्तै धेरै कुराहरु खेल्न थाल्छ, आफैले आफैलाई सम्हाल्ने प्रयाश गर्छु र उनि प्रतिको अटुट माया मेरा मुटुबाट अलग गर्न सक्दिन।

समय र परिस्थितिले जता जता डोर्‍याउँछ त्यतै त्यतै जाँदोरहेछ मानिसको जिन्दगी। त्यस्कै परिणामस्वरुप आज प्रतिक्षाको फल उनले पनि दिईन र मैले पनि पाएँ।कुनै दिन सोंच्ने गर्थे जिबनमा दुई मुट्ठी सास रहुन्जेल सम्म फूलको र बासनाको जस्तो सम्बन्ध रहिरहोस् तर मदहोस् भएर कल्पनाको उडानलाई निरन्तरता दिनु नै मेरो गल्ती भएछ । जीवनको त्यो मोडमा उनि बसन्तको बहार लिई भित्रीएकी थिईन । जीवनलाई धिपधिपेबाट जोगाई राख्नको लागि अलिकति तेल थपेको थिईन । जनम जनम नटुङ्गिने यात्रामा सँगै जिउने, सँगै मर्ने अनि सधैंभरि एक-अर्काको आँगालोमा बाँधिरहने कसम खाएका थियौं । तर बाचा कसम र खुशी का क्षणहरु पलभरको लागि मात्र भए । निस्चल र चोखो भनेको माया बिछोडमा टुक्रीन पुग्यो । आज म यो पागल मन अनि उनको सिन्दुरले लत्याएर गएको घाईते जीवन त्यहीं पनि उनकै सम्झनामा बाँचिरहेछु । बिगतमा उनिसँगको मिलनलाई सम्झेर उनकै यादमा सम्झनाको दियो जलाई बस्थें । खुशीका मालाहरु उन्ने गर्थें तर आज कसरी त्यो दियो लाई निभाउँ अनि मालालाई चुडाउँ ? तपाईंको जीवनमा खुशी मात्र ल्याउँछु भन्ने उनि आज मैले उनैले दिएको आँशुको उपहारहरुमा हाँसी हाँसी डुब्दैछु ।

गल्ती त मेरो नै थियो । किनकी यो स्वार्थी संसारमा मैले उनलाई निस्वार्थ रुपमा माया गर्न खोजेँ अनि उनलाई चाँडैनै बिश्वास गर्न पुँगे । आज उनै सँग बिछोडिएको दिनहरु पनि बर्षाउ बितिसके तर म भने आजसम्म पनि उनकै यादमा जिन्दगी काटीरहेछु । पागलसरी दोबाटोमा भौतारिदैं हिँडिरहेको छु । आजकाल यस्तो लाग्छ जीवनमा जे सोचिन्छ जुन कल्पना गरिन्छ त्यो बास्तबिक धरातल भन्दा धेरै टाढा हुदोरहेछ । जुन इच्छा गरिन्छ, त्यो जीवनमा पाउन नसकिंदो रहेछ । शायद अहिले आएर जीवनको परिभाषा नै यस्तै यस्तै लाग्छ । जीवनको एउटा सहारा उनीलाई यहाँ टाईप गर्नुहोस् ।नै ठानेको थिएँ तर उनी पनि आज म बाट धेरै टाढा गईन । अहिले आएर बाहिरिरुपमा देखावटी हाँसो हाँसेर भए पनि बेदनाले भरिएको आत्मा लिएर जिउँदो लाश सरी मरेतुल्य जीवन घिसारीरहेको छु, केवल कालको निम्तोलाई पर्खेर ।

नदी किनारको चट्टान झैं
सधैं भरि खिएर बसें
उनकै यादमा लामो जिन्दगी
धेरै चोटि पिएर बसें
थाहा छैन मलाई कति पटक
यो कोमला मुटुलाई सिएर बसें

“अतिथी” संगम थापा मगर
फिनाम-२ गोर्खा

5 comments:

Anonymous said...
This comment has been removed by a blog administrator.
Anonymous said...
This comment has been removed by a blog administrator.
Anonymous said...

tapai ko hunu hunchha so may i know u plz ?

Anonymous said...

Hello Admin

sorry for intrruption, and mero coment delet hannu bhaye chha, tara yo satya ho, ra satya thiyo.

ma Shaaligraam Neupaane,

Finam-6, gorkhaa, yadi timi lai mero email address chahiyo bhane pani di dinechhu. tara arkaako plz plz.....

Anonymous said...

Dearest Esteems,

We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator