Showing posts with label साथीको. Show all posts
Showing posts with label साथीको. Show all posts

Wednesday, July 16, 2008

बधाई एबं शुभकामना!!!


घर त मेरो यहाँ हैन चौतारा, यो ठाउँमा आफन्त को छ र, रानी पोखरी जिन्दगि बिताउने लौन के गरि.................................? (यो गितका गितकार हुनुहुन्छ बरिष्ठ गितकार टीका चाम्लिङ ज्यु भने सुरिलो स्वर दिनु हुने हाम्रा मित्र कबीराज चाम्लिङ जी हुनुहुन्छ।)

यो गित् सङ्गै परदेशको एक्लो पनलाई शान्त्वना दिने गित् गाएर धेरै को हृदयलाई छुइ सकेका हाम्रो साथी कबी राज राईको उत्तर्-रोत्तर् प्रगतीको कामना गर्दै यो ब्लग मार्फत उहाँको प्रगतीको कामना गर्दै उहाँको सांगितिक यात्राको सफलताको कामना गर्दछु।

मेरो भावनामा भन्नु पर्दा संगीत यो माध्यम हो, जो सुख दु:ख दुबैलाई मल्हम पट्टी मार्छ र संगीत त्यो माध्यम हुनु पर्छ जस्ले शिक्षा, सन्देश्, पाखा-पखेरा गाउँघर भित्र बन्द आवाज हरु छर्न सक्नु पर्छ। मलाई आशा छ हाम्रो लोक तथा आधुनिक गायक कबी राज चाम्लिङ राई ज्यु ले पनि त्यहि गर्नु हुनेछ, जो जनमुखी र लोकप्रीयता लाई अँगालिएको हुन्छ।

उहाँको पहिलो एल्बम “घामाबरैमा” पनि सुन्ने मौका पाएँ जो हृदयस्पर्षी छ । एउटा चेली र माइती बिचको बिरह बेदना गाइएको छ भने। दोस्रो एल्बम “हिंस्सी मैयाँ” पनि धेरै राम्रो छ। ठट्यौली पाराको गित देखि लिएर हृदय लाई छुने सेन्टीमेन्टल गित हरु पनि समेटिएको पाएँ र मैले त अझ भिजुअल पनि हेर्न पाउँदा धेरै नै खुशी छु। उहाँको भिजुअल तेह्रथुमको म्याङ्लुङ बजारलाई इङ्गित गरिएको हुनाले धेरै राम्रो छ। जहाँ लोक सभ्यता झल्किरहेको छ। यस्ले फाल्टै पहिचान दिएको छ। पहाडी इलाकामा गएर भिजुअल् गर्नु समस्या धेरै झेल्नु पर्ने हुन्छ। त्यस्को प्रबाह नगरी गितले मागेको ब्याकग्राउण्ड दिन सकेको मा म धेरै खुसी छु र आगमी दिनहरुमा पनि त्यहिं चाहन्छु। आगमी दिनहरुमा पनि यस्तै थुप्रै गितहरु हेर्न वा सुन्न पाउँ यही कामना गर्दै आजको दुईशब्द कोर्ने अवशरलाइ यहीं टुँग्याउन चाहन्छु। जय हलेशी महादेव । जय ब्लग ।

उहि भोजपुरे साथी
बि जे बान्तवा "भोजपुरे"
ठुलोदुम्मा-९ भोजपुर