Showing posts with label मेरोभनाई. Show all posts
Showing posts with label मेरोभनाई. Show all posts

Friday, August 1, 2008

मेरो हृदयको गहिराई बाट

बाछो चर्छ पेटकै लागि माऊ चर्छ पेटकै लागि
दुईदिनको जिन्दगी हो जनम पाइयो भेटकै लागि

नदी नाला बगिरह्यो बगरहरु उस कै लागि
बग्नु पर्ने जीवन रहेछ बग्नु पर्‍यो भेटकै लागि


सम्पूर्ण मेरा आदर्णिय साथीभाई इष्टमित्र हरुमा म कबी राज चाम्लिङको तर्फबाट नमस्कार। जीवनको उकाली ओराली, भञ्ज्याङ अनि नदी अनगिन्ती खोलनाला छिचोल्दै आज यहाँ सम्म आइपुगेको ,भाग्यबस तपाईंहरु सँग आफ्नो हृदयभित्र गुम्सिएको भावनालाई आदन प्रदान गर्न यो सानो ब्लगको सहारा लिएको छु । मलाई बिश्वास छ । तपाईंहरुले अबस्य मेरो भावना लाई बुझेर तपाईंहरुले मलाई अबस्य मेरो यो पहिलो प्रयासलाई फूल नै फूल ले नसजिएपनि अबस्य भुलै भुल ले त अबस्य सजिएको छ यदि केही त्यस्ता ट्रुटी फेला पार्नु भए अबस्य मलाई सम्झाउनुहोस मलाई सुचित गर्नुहोस् ।

सल्लेरी बनको सुसेली संग सँगै साकेला,हाक्पारे, रोधी र मारुनि नाँच्दै र गाउँदै आज तपाईको माझ पनि केही गितहरु प्रस्तुत गर्ने क्रमहरुमा मेरो केही गीतहरु यो ब्लग मार्फत तपाईंहरु माझ प्रस्तुत गर्नेछु, र प्रस्तुत गर्दै नै जानेछु । मेरो गितहरुमा कुनै बनावटी कथा नभै बास्तबिक जिन्दगीको चित्रण गर्ने जमर्को गरेको छु । बिस्वका जुनै पनि ठाउँमा रहनु भएका मेरा प्रिय साथीभाइ, इष्ट मित्र संग भेट्ने प्रयास सँगै यो ब्लग तयार गरेको हुँ।यसै क्रममा हामी छोरा मान्छे परदेशिनु पर्ने बाध्यता अनि परदेशी जीवनमा कहिले सुख कहिले दुख त भै हाल्छ । उता गाउँघरमा सयपत्री र मखमली माला सँग पर्खि रहेकि चेलिअनि जीवनका एउटा सहारा छोराको पर्खाईमा बसेकी हाम्रा बुढी आमाको भावना र मायाको चित्रण गर्ने जमर्को गरेको छु मेरो गितहरु मार्फत । हुन त गित र संगीत भन्ने कुरा हजार जिब्रो भएको शेष नागले पनि बर्णन गर्न सक्दैन होला । मैले के सकुंला र तैपनि परदेशी जीवन कथा ब्यथा अनि गाउँबेशि पाखा पखेराको झझल्को मेरो गितहरु मार्फत प्रस्तुत गरेको छु।

अन्तमा मेरो सम्पुर्ण सहयोगी मित्रहरु जो लिला राई (सिंगापुर), डी. आर. अटु ( काठमान्डु),
बि. जे. बान्तवा राई (भोजपुर) अनि मलाई जहिले पनि संगीत मार्फत उत्साह दिनु हुने सत्य कला राई, पार्बती राई अनि खोटाङ का बरिष्ठ गायक निरज राई जो उहाँहरु को उत्साह, माया र सल्लाह बाट म तपाईंहरु सम्म आइपुगेको छु। सेवाङ्मी अथबा सेवा। -कबिराज चाम्लिङ

Sunday, July 13, 2008

मेरो दोश्रो एल्बम...


नमस्कार म कबी राईको तर्फबाट सम्पूर्ण मेरा साथी एबं सहयोगी मित्रहरुमा। मैले यो छोटो प्रयास बाट तपाईंहरु समक्ष पेश हुने कोशीस् गरिरहेछु मलाई आशा छ र बिश्वासपनि तपाईंहरुको अबस्य सहयोग्, सुझाब, सल्लाह र साथ पाईरहनेछु, अनि तपाईंहरु सँग भलाकुसारी गर्न म सदा तयार छु, यदि तपाईंहरुले मलाई केही मनका कुराहरु भए मलाई सुटुक्क सुनाउनुहोस् है म सँग सुटुक्क बाँड्नुहोस् है, म पनि तपाईंहरु सँग बाँड्ने छु नि। हवस्त म मेरो यो दुईशब्द तपाईंहरु समक्ष छाड्दै यो पेज बाट बिदा हुन्छु।