Sunday, March 22, 2009

गित

शिर्षक: ऐना मेरो रुन्छ

रुप राम्रो अरुको नै, ऐना आफ्नो सधैं रुन्छ
चिन्या छैन कसैलाई, आँखा कुन्नि कसलाई कुर्छ

सुनाखरी सुन त हैन, तर पनि बयान हुन्छ
माया लाउन नजाने नि मनभरि रहर बढ्छ
बैंश सायद फुल्यो होला, रहर सधैं बढ्ने गर्छ
चिन्या छैन कसैलाई, आँखा कुन्नि कसलाई कुर्छ।

रमाईलो संसारको, दिन पनि छुट्टै भाग्छ
आफ्नो भन्दा पनि किन पराईकै पीर जाग्छ
छुनै पनि नपर्ने भो, बोल्दै मिठो मात सर्छ
चिन्या छैन कसैलाई, आँखा कुन्नि कसलाई कुर्छ।

गितकार : नवीन दाहाल
हाल : रेडियो नेपाल

1 comment:

Anonymous said...

Dearest Esteems,

We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator