Sunday, July 20, 2008

भावना

टाढा भयौ बिर्सी मलाई बिर्सेउ प्रित पनि
बिर्सु भन्थे तिम्रो याद आयो गित बनी

थाहै भएन मलाई मौसम जस्तो तिम्रो माया
ॠतु जस्तै बदलिरहने पापी तिम्रो छाँया
तिम्रो निम्ती मेरो आशु बन्यो शित पनि
बिर्सु भन्थे तिम्रो याद आयो गित बनी

मेरो आशुको सागरमा तार्‍यौ तिम्ले डुँगा
पग्लिन्थ्यो नि मुटु भए तर रहेछ ढुङ्गा
पर्खाई छ अब मृत्युको लामो दिन गनी
बिर्सु भन्थे तिम्रो याद आयो गित बनी

बि जे बान्तवा राई / भोजपुर

No comments: