Monday, July 28, 2008

त्यो क्षण ......!

सत्यकला दि ज्युसँगको त्यो क्षण ......!

गित संगितकै सिलसिलामा मेरो दोश्रो एल्बम हिस्सिमैंयाँ को भिजुअल दौरानमा सत्यकला दिदी सँग हाम्रो शुटिङ स्पट मै भेट भयो । किनकी मेरो हिस्सिमैयाँ गितको गायीका उहाँनै हुनुहुन्थ्यो । त्यसैले भिजुअल मा पनि अबस्य दिदीसँग नै हाम्रो भेट भएको थियो । यसैमा एउटा हरफ गितको 'दुधे मकै खाईदिने चरी कोकले, ढाका टोपी ढल्काइ लाउने दाई त नकक्ले' भन्ने यो गितमा दिदी ले जिस्काउदै भन्नु भएको थियो, भाई म त दाई त नक्कले भन्दिन, भाई त नक्कले भन्छु भन्दै जिस्काउनु भएको थियो । जाभा म त्यो मेरो एल्बमको गित बज्छ, म दिदी लाइ सम्झिन्छु, उहाँ हरु भनेको धेरै माथी हुनुहुन्छ । मेरो भिजुअल र गित सँगै दिदी को याद आउने गर्छ । यी सबै मेरो बिगत भित्र कोरिएका मिठा अनुभबहरु हुन । जुन म कहिल्यै भुल्न सक्दिन । म सत्यकला दिदी प्रती सदा सदा आभारी रहिरहने छु, उहाँको सहयोगको लागि एवं उहाँको प्रगतिको कामना गर्दछु ।
-कबी चाम्लिङ

No comments: